महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर १८ ले आयोजना गरेको झोला बनाउने सिप मुलक तालिमको समापन गरिएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
असार पहिलो साताबाट संञ्चालन भएको झोला बनाउने तालिमको आईतबार एक कार्यक्रमका विच समापन गरिएको हो । भीमदत्त नगरपालिका १८ को आयोजना तथा हुनैनाथ टेक्निकल एजुकेशन एण्ड भोकेसमल ट्रेनिङ्ग सेन्टरको प्राविधिक सहयोगमा वडामा रहेका एकल,विपन्न,दलित,तथा कमलरी महिलाहरुलाई आत्मनिर्भर बनाउन १५ दिने झोला बनाउने सिपमुलक तालिमको आयोजना गरेको थियो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
सिपमुलक तालिममा रहेका सहभागी रहेका प्रशिक्षार्थीहरुले छोटो समय अवधीमा पनि सिप मुलक तालिममा सहभागी हुन पाउदा निकै खुसी लागेको बताए । घरमा खालि चुलो चौको गरिरहेका महिला दिदिबहिनिहरुलाई वडा कार्यालयले झोला बनाउने तालिमको आयोजना गरिदिदा रोजगारीसङग जोडिने सम्भावना प्रचुर रहेको बताएका छन् ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
वडा नम्बर १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले वडामा रहेका एकल,विपन्न,दलित,तथा कमलरी महिला दिदिबहिनीहरुलाई सिप सिकाएर आत्म निर्भर बनाउन तालिमको आयोजना गको भीमदत्त नगरपालिका छन् । देवकोटाले महिला दिदिबहिनिहरुले सिकेको सिपबाट आत्मनिर्भर बन्यो भने सिपबाट सिकेको सरसमानको बजारीकरण गर्ने वडा कार्यालय सदैव तत्वर रहेने बताए ।
सिप मुलक तालिमबाट सहभागी दिदिबहिनि हरु सबै मिलेर झोला बनाउने उद्योग पनि संचालन गर्न सक्ने सम्भावना रहेको र उद्योगधन्दा खोले स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए । १५ दिनको छोटो समयमा पनि सहभागीहरुले आठ प्रकारका विभिन्न डिजाईमा झोला तयार पारेका थिए । कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि, हुनैनाथ टेक्निकल एजुकेशन एण्ड भोकेसमल ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक राजेन्द्र भट्ट लगायत टिमको सहभागीता रहेको थियो ।