Sunday, July 21, 2024

महाकाली नदीमा डुबेर एकजना कामदार बेपत्ता

प्रकाशित:

महेन्द्रनगर । महाकाली नदीमा एक जना कामदार बेपत्ता भएका छन् । महाकाली नदी माथि बन्न लागेको चार लेनको पक्की पुल निर्माणका लागि काम गर्दे आएका कामदार आइतबार महाकाली नदीमा बेपत्ता भएका हुन् ।

सुर्खेतको बराहाताल गाउँपालिका–४ साँझघाटका ४५ वर्षिय धन बहादुर गुरुङ आइतबार दिउसो १ बजे तिर महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

कुमार सिएफइसी जेभीले निर्माण गर्न लागेको महाकाली चारलेनको पक्की पुलका उनि कामदार हुन् ।

आइतबार माछा मार्न गएको बेला महाकाली नदीमा डुबेर कामदार गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।

महाकाली नदीमा बढेको पानीको बहाब बढेको छ भने बेपत्ता कामदार गुरुङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार