राष्ट्रिय परीक्षा बोर्डले बिहिबार प्रकाशित गरेको २०८० सालको एसइई परीक्षाफलमा कञ्चनपुरमा सबैभन्दा बढी ३.६० भन्दा बढी र ४ जीपीए सम्मको (ए प्लस ग्रेड) नतिजा ल्याउने विद्यालय लिटिलबुद्ध एकेडेमी बनेको छ ।

जिल्लामा लिटिलबुद्ध एकेडेमी सबैभन्दा राम्रो नतिजा हासिल गरेको हो । ०८० सालको एसइई परीक्षामा लिटिलबुद्ध एकेडेमीबाट १२८ जना विद्यार्थी सहभागी भएकोमा सबै उत्तिण भएका छन् ।

१२८ मध्ये ३.६० जीपीए भन्दा माथी ४ जीपीए भन्दा कम (ए प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या ३३ जना रहेको छ । जिल्लामा एउटै विद्यालयबाट ३३ जनाले ३.६० जीपीए भन्दा माथी ४ जीपीए भन्दा कम (ए प्लस ग्रेड) नतिजा ल्याउने पहिलो विद्यालय लिटिल बुद्ध एकेडेमी बनेको छ ।

त्यस्तै ३.२० र सो भन्दा माथिको जीपीए अर्थात ‘ए’ ग्रेड ४७ जना विद्यार्थीले ल्याएका छन् । ‘बि प्लस’ ग्रेड ३४ जना विद्यार्थीले ल्याएका छन् । र ‘बि’ ग्रेडमा १४ जना गरी लिटिलबुद्ध एकेडेमीबाट २०८० सालको एसइई परीक्षामा सहभागी १२४ जना विद्यार्थी उत्कृष्ट नतिजा सहित उत्तिण भएको विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले बताए ।
सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको लिटिलबुद्ध एकेडेमीले हरेक वर्ष एसइई र ‘प्लस–टु’ को परीक्षामा उतकृष्ट एवं आकर्षक नतिजा हासिल गर्दै आएको छ ।
महेन्द्रनगरमा वि.स. २०६३ सालमा स्थापना भएको लिटिल बुद्ध एकेडेमीबाट २०८० सालको एसइई परीक्षामा सहभागी विद्यार्थीहरु १६ औं ‘ब्याच’को भएको प्रिन्सिपल मौनीले बताए । उनका अनुसार लिटिल बुद्ध एकेडेमी कञ्चनपुरमा सबैभन्दा बढी ‘ए प्लस’ ग्रेड ल्याउने विद्यालय बनेको छ ।
लिटिल बुद्धले कक्षा ११–१२ (प्लस–टु) मा समेत जिल्लामै उत्कृष्ट नतिजा दिदै आएको छ । कक्षा ११–१२ मा लिटिल बुद्धले विज्ञान, व्यवस्थापन, कानून र होटल मेनेजमेन्ट लगायतका बिषयहरुका कक्षा सञ्चालन गर्दै आएको छ ।
*यस पुर्व राखिएको शिर्षकमा जीपीए हुनुुपर्नेमा अन्यथा भएकोले सच्याईएको छः सम्पादक
यी हुन्, लिटिल बुद्ध एकेडेमीबाट एसइई परीक्षा २०८० मा उत्तिण छात्रछात्रा: