बाढीबाट कुतियावकर बस्ती जोगाउन स्थानिय स्तरको प्रयास १

प्रकाशित:

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीलाई बाढीबाट जोगाउन स्थानिय स्तरबाट अथक प्रयास भईरहेको छ् । वर्षेनी बाढीको मारले झेल्दै आएको कुतियाकवर बस्तीमा हालै झण्डै २ सय १० मिटर पक्की तटबन्ध निमार्ण कार्य सम्पन्न भएको छ् । बस्तीलाई बाढीबाट पुर्णरुपमा जोगाउन अझै ९ सय मिटर बढी भागमा पक्की तटबन्ध बनाउन बाँकी रहेको जानकारहरु बताउछन् ।

पक्की तटबन्ध बनाउने स्थानिय स्तरमा सम्भव नभएको अवस्थामा प्रदेश सरकार र संघिय सरकारको मुख ताक्नु पर्ने अवस्था छ् । स्थानिय सरकार भन्दा माथीको सरकारले समयमै तटबन्ध बनाउन चुकेको छ् । यस्तो अवस्थामा स्थानिय सरकारले बस्तीलाई जोगाउन भरथेग प्रयास जारी राखेको छ् । यस पटक भने नदीमा पानीको बहाव बढी हुने मौसम पुर्वानुमानको सुचनाले स्थानिय स्तरमा कुतियाकवर बस्तीमा ठुलो क्षती हुन सक्ने आंकलन हुन थालेको छ् । बस्तीलाई विपद्बाट जोगाउन स्थानिय सरकार, नगर क्षेत्रमा कार्य गर्दै आएका गैरसरकारी संस्था तथा कुतियाकवरबासी असिहले आएर जैविक तटबन्ध निमार्ण कार्यमा जुटेका छन् ।

उक्त कार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल लगाएत गैरसरकारी संस्थाहरुले लागिपरेका छन् । महाकाली र जगबुढा नदीले वर्षायाममा कटानी तथा डुवान गर्ने भएको हुदा कञ्चनपुरको सीमावर्ती बस्ती कुतियाकवरको महाकाली र जगबुडा नदीमा जैविक तटबन्ध निर्माण कार्यलाई तिब्र गतीबाट अघि बढाईएको छ् । महाकाली नदी र जगबुडा नदीको बस्ती पस्न सक्ने सम्भावित स्थानहरुमा बाँस र बोरबाट जैविक तटबन्ध निमार्ण कार्यलाई तिब्रता दिएका छन् । महाकाली नदीले धार परिवर्तन गरि बस्तीमा सोझिएको स्थानहरुमा सबै भन्दा खतरा भएका स्थानहरुमा गतिलो जैविक तटबन्ध निमार्ण गरिने कार्यमा स्थानियबासी गम्भिर भएका छन् ।

महाकाली नदीको अत्यन्तै जोखिममा रहेका नैन सिंह सुनार, तुल बहादुर सुनार, कर बहादुर सुनार, खेम बहादुर सुनार र बम बहादुर सुनारका घरहरु रहेका छन् । कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ् । दातृ निकाय नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुर र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ सेल्टर’ निर्माण कार्य अन्तिम चरणमा छ् भने विपद् व्यवस्थापन समितिलाई लाईफ ज्याकेट, बोट लगाएत उद्धार सामग्री समेत उपलब्ध गराईएको छ् ।

यस्तै डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० र दोधारा चाादनी नगरपालिकाले विपद् पुर्व तयारी प्रतिकार्यका लागी महाकाली नदीमा पानीको सतह मापन यन्त्र, ओंमकार आधारभुत बिद्यालयमा स्मार्ट सायरन लगाएत यन्त्रहरु जडान गरेको छ् । बाढी आउदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानिय प्रशासन, गैरसरकारी संस्था सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन खासै पहल नभएको स्थानियहरुको गुनासो रहदै आएको छ् । बिगतका अनुभवलाई मध्यनजर राख्दै नेपाली सेनाले समेत बाढीको बेला स्थानियहरुको ज्यान जोगाउन ‘सेफ सेल्टर’ निमार्ण गर्दै छ् ।

ताजा समाचार

सम्बन्धित समाचार