सवारी दुर्घटनामा परेर नापी कार्यालय कञ्चनपुरका कर्मचारीको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । सवारी दुर्घटनामा परेर नापी कार्यालय कञ्चनपुरका कर्मचारीको मृत्यु भएको छ । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ८ सुडा क्षेत्रमा टेक्टरको ठक्करबाट मोटरसाईकल चालक समेत रहेका नापी कार्यालय महेन्द्रनगरका कर्मचारी सन्जिप चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार राती से१त ३३६८नम्बरको मोटरसाईकलमा सुपप्र ०२००३प ६९७०नम्बरको टेक्टरले ठक्कर दिदा मोटरसाईकल चालक चौधरीको महाकाली अस्पतालमा मृत्यु भएको छ ।

चौधरीलाई अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । सोही मोटरसाईकलमा सवार बेदकोट नगरपालिका ८ बस्ने २७ बर्षिया मनोज चौधरीको नवजिवन अवस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न टेक्टर र चालक राम रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार