साहना प्रधान यु-१९ महिला/पुरुष भलिबल प्रतियोगिताका लागि शुदूरपश्चिमले पठायो ३० जनाको टिम

प्रकाशित:

महेन्द्रनगर । साहना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टिम छनौट गरेर पठाएको छ । महिला १५ र पुरुष १५ जना खेलाडी छनौट गरेर सुदूरपश्चिम प्रदेशबाट साहना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि शुक्रबार टिम पठाएको छ ।

साहना प्रधान प्रतिष्ठानको आयोजना र नेपाल भलिबल संघको व्यवस्थापनमा असार ९ गते देखि सञ्चालन हुँने प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि शुदूरपश्चिम प्रदेशका नौं वटै जिल्लाबाट खेलाडी छनौट गरेर पठाइएको छ ।

शुक्रबार उक्त शुदूरपश्चिमका ३० जना खेलाडीको टोलीलाई शुभकामना सहित बिदाई गरिएको महेन्द्रनगरका समाजसेवी नवराज भट्टले बताए ।

खेलाडीहरुलाई कञ्चनपुर जिल्ला भलिबल संघका उपाध्यक्ष अन्जु भट्टको अध्यक्षतामा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हर्क सिंह धामीको प्रमुख आतिथ्य तथा जिल्ला खेलकुद विकाश समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टको विशिष्ट आतिथ्य एवं प्रदेश भलिबल संघका पदाधिकारीहरुको आतिथ्यमा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि शुदूरपश्चिमबाट छनौट भएका खेलाडीहरुलाई शुभकामना सहित बिदाइ गरिएको हो ।

उक्त शुभकामना तथा बिदाई कार्यक्रम जिल्ला भलिबल संघ कञ्चनपुरका कोषाध्यक्ष भरत बहादुर चन्दले सञ्चालन गरेका हुन् ।

उक्त प्रतियोगिताका साताव्यापी प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा खेलाइने छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार