Sunday, July 21, 2024

कञ्चनपुरमा नहरको पानीमा डुबेर बालकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय बालक अबिरल चन्दको बुधवार मृत्यु भएको हो।

ती बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पुर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार