महेन्द्रनगर । कञ्चनपुरबाट ८ लाख बढीका अवैंध साामान बरामद गरीएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले करिब ८ लाख १८ हजार ६ सय ५० मूल्य बराबरको पेय पदार्थ, एयरफोन, डाटाकेवल, मोबाईलको स्टेन , चार्जर, पङ्खाका पत्ता, ब्रेक तार, साईकलका ट्युब, घण्टि, पाईडल, ह्यान्डिल, ब्रेक स्टेन, स्प्रिङ, नटबोल्ट क्लिप, पंखा, कुरकुरे, चुरोट, नमकिन, सेन्ट, चकलेट, कफि, खुर्सानी, सुन बनाउने औजार लगायतका सामान बरामद गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
