पाटन घटना बिरभानको हत्यारा र शव व्यवस्थापन गर्ने समुह फरक

प्रकाशित:

महेन्द्रनगर । ११ बजे राती बैतडीको पाटन नगरपालिका(६ का सवारी चालक बिरभान सिंह बिष्ट गाउँमा पुगे ।

अधिकास समय स्थानीय शिक्षिका भागरथी विष्टको घर गइराख्ने उनी त्यो राती पनि गए । तर आईतबार बिहान उनी बाहिर देखा परेन् । घरकी श्रीमतीले सोधिन् बिरभान कहाँ छ भनेर किन की शनिबार हल्ला(खल्ला भएको छिमेकिले थाहा पाईसकेको थिए । भागरथीले भनीन्(धनगढी समान र पैसा लिन गएको छ । त्यसपछि आईतबार भागरथी कहिले तालाचाबी नलाउने गोठमा ताला लगाएर नजिकैको श्री सहश्रीलिङ आधाभुत बिद्यालयमा गइन् । एक बिषय पढाएर फेरी घर आइन घर आएको अधिकाँस छिमेकीले देखे । फेरी बिद्यालय गइन्(आईन् । गोठमा शब राखेर बिदलय गएको अनुसन्धानले देखाएको छ ।

आइतबार राती फेरी छिमेकीले ठुलौ स्वरमा आवाज सुनीन् केही गाउँमा महिलालाई फोन गरिन् राती भएकोले कसैले आउन सकेनन् । बिहान केही स्थानीयले रगताम्य घर आगनदेखी खेतबारीसम्म देखेपछि प्रहरीलाई खबर गरे ।प्रहरीले भागरथी बिष्टलाई नियन्त्रणमा लिएर खोज तलास गर्दा हत्या गरेको स्विकार गरिन् तर एक्लैले हत्या गर्न नसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अगाडी बढ्यो ।

शव कहाँ राखिएको छ त्यो बनाउन महिलालाई नै सोधियो एक जना पाटन छ का पहरी थरका पुन्टु र अर्को राजु भन्ने हो तर म चिन्दैन भनीनन् । त्यसै आधारमा खोज्दै गर्दा ५१ बर्षिय बिष्टको पाटन(६ मै पाटन पञ्चेश्वर सडकखण्ड अन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो १० घण्टापछि प्रहरी जवानले शव फेला भेटायो ।घटानामा शव व्यवस्थापन गर्ने र हत्या गर्ने फरक(फरक रहेकाले प्रहरीले त्यसै अनुसार अनुसन्धान गरी रहेको स्रोतले बताएको छ ।

शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा तीन जनामाथि प्रहरीले अनुसन्धान गरीरहेको छ । जसमा दुई जना प्रहरी सम्र्पकमा डडेल्धुराबाट पुगेका छन् एक जना फरार छ । हत्यामा सहयोगको आरोपमा यो समाचार तयार गर्दासम्म एक जनालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ ।

टाउकोमा चिरपटको प्रहार  मृत्यक बिष्टको एक समुहले चिरपटको प्रयोगले हत्या गरेको अनुमान गरीएको छ । टाको फुटेका अवस्थामा शव फेला परेकोले तथा ३ सल्लाको चिरपट फेला परेकाले हत्यामा प्रयोग भएको आशंका प्रहरीले गरेको छ ।

शब पानी परे प्रयोग गरिने प्लाटिक र भैसी बाध्न प्रयोग गरिने डोरीले बाधेको अवस्थामा फेला परेको हो । उनको शव भिरबाट खोलामा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनी असार १ गते शनिवार देखी उनि सम्पर्क बिहिन थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ बर्षिय महिला भागरथी बिष्टको नाममा निवेदन दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो । मृत्यु बिष्टका दुई छोरी र एक छोरा छन् ।

एकपछि अर्को घटनाले पाटनका नागरिकहरू असुरक्षीत महसुश गरिरहेको स्थानीयले बताए । मुख्य पाटनका स्थानीय त्रसीत छन्र ।

 

ताजा समाचार

सम्बन्धित समाचार