वेदकोटका दुर्गम गाँउ रानी गाँउ र लिप्नामा पालिकाले सहयोग गरेपछि स्थानिय हर्षित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाका दुई वटा दुर्गम वडामा पालिकाले विभिन्न कृषी लक्षित कार्यक्रमहरु सहयोग गरेपछि स्थानिय हर्षित भएका छन् । भौगोलिक विकटता रहेको वेदकोट नगरपालिका २ को रानी गाँउ र ३ को लिप्नामा स्थानियहरुको माग बमोजिम उनिहरुलाई कृषी, स्वास्थ्य, शिक्षा, खानेपानीको उचित रुपमा सहयोग गरेपछि स्थानियहरुले स्थानिय सरकार आफनै घरदैलो पुगेको महसुस गरेका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका संग नजिक रहेका करिव २० घरपरिवारलाई भेट्न वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीसहित कार्यपालिका सदस्य कृष्णराम भुल, पार्वती विष्ट, योजना अधिकृत अमर महरा उक्त क्षेत्रमा पुग्नु भएको छ । यसैगरी, कृषी शाखा अधिकृत देवराज बडु, रोजगार शाखा प्रमुख भोजराज अवश्थी, उद्यम शाखा अधिकृत पदम ठकुराठी, प्राविधिक योजनाका रेखा सिंह लगायतको टोली उक्त दुर्गम क्षेत्रमा अनुगमनमा पुगेका छन् ।

गत वर्षको अनुगमनका क्रममा स्थानिहरुले आफनो क्षेत्रमा तरकारी उत्पादन राम्रो हुने गरेको भएपनि पानीको अभावले समस्या भएको, सडक बत्ती, बाल विकासमा शिक्षिका, खानेपानी, स्वास्थ्य चेकजाँचमा समस्या लगायतका विषयहरुको माग गरेपछि पालिकाले ति सबै मागलाई सम्बोधन हुने कार्य गरेको नगर उपप्रमुख जोशीले बताउनु भयो । अहिले उक्त क्षेत्रमा ३ लाखको लागतमा २ वटा पोखरी निर्माण गरिएको र उहाँहरुले पानी पाईपबाट ल्याएर उक्त पोखरीमा जम्मा गर्ने र आफनो तरकारी खेतीमा प्रयोग गर्ने र आकाशे पानी पनि उक्त पोखरीमा संचित गर्ने गरी निर्माण गरिएको बताउनु भयो ।

यसैगरी सडक बत्तीहरु प्नि जडान गरी उज्यालो बस्ती बनाएको, बाल विकासमा अध्यापन गराउनका लागी एकजना शिक्षिकाको पनि व्यस्थापन गरिएको बताउनु भयो । अहिले बालबालिकाहरुले आफनै ठाँउमा शिक्षा लिईरहेको र अन्यत्र जानबाट पनि रोकिएको उहँले बताउनु भयो ।

त्यसैगरी स्वास्थ्य चेकजाँच गर्नका लागी एकजना अहेवको पनि व्यवस्थापन गरेर उनिहरुलाई समयसमयमा स्वास्थ्य जाँच गर्ने गरी नियुक्ती गरिएको जसले गर्दा स्थानियहरुलाई सामान्य उपचार गर्न पनि अन्यत्र जान नपर्ने गरी व्यवस्थापन गरिएको छ । उक्त क्षेत्रका स्थानीयहरुले तरकारी उत्पादनमा चासो देखाएपछि कृषी ज्ञान केन्द्र कञ्चनपुरले पनि विभिन्न सहयोग गरेको पाईएको। छ ।

साथै पालिकाले गत वर्ष उक्त क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो । साना सिचाई मर्मत तथा सम्भार योजना अनुरुप यो पोखरी निर्माण योजना गरिएको कृषी शाखा अधिकृत देवराज बडुले बताउनु भयो । किसानहरुकलाई तरकारी खेती गर्न प्रोत्साहन गर्न, किसानको लागत खर्च कम गर्न, बेमौसमी तरकारी खेती पनि गर्न सहज हुने भएर यो पोखरीहरु निर्माण गरिएको बताउनु भयो । रामविर कृषी समुहका सचिव रामचन्द्र पन्तले पालिकाले पोखरीको योजना ल्याएर दुर्गम गाँउमा तरकारी उत्पादन गराउन सहयोग गरेको प्रती धन्यवाद व्यक्त गर्नु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार