भीमदत्त १८ द्धारा झोला बनाउने तालिमको उद्घाटन

प्रकाशित:

महेन्द्रनगर । सिप सिकौ रोजगार बनौ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिका १८ मा झोला बनाउने सिपमुलक तालिको उद्घाटन गरिएको छ ।

शुक्रबार भीमदत्त नगरपालिका १८ को आयोजना तथा हुनैनाथ टेक्निकल एजुकेशन एण्ड भोकेसमल ट्रेनिङ्ग सेन्टरको प्राविधिक सहयोगमा वडामा रहेका एकल,विपन्न,दलित,तथा कमलरी महिलाहरुलाई आत्मनिर्भर बनाउन १५ दिने झोला बनाउने सिपमुलक तालिमको उद्घाटन् गरिएको हो।

।विगतका दिनहरुमा पनि यस हुनैनाथ टेक्निकल एजुकेशन एण्ड भोकेसमल ट्रेनिङ्ग सेन्टरले धेरै ठाँउमा सिपमुलक तालिम सञ्चालन गरेर स्वरोजगारीको सिर्जना गरेर उपलब्धि पुर्ण काम गर्दै आईरहेको हुनैनाथ टेक्निकल एजुकेशन एण्ड भोकेसमल ट्रेनिङ्ग सेन्टरलेकी संयोजक दिपा लेखकले बताइन ।

वडामा रहेका एकल,विपन्न,दलित,तथा कमलरी महिला दिदिबहिनीहरुलाई सिप सिकाएर आत्म निर्भर बनाउन तालिमको आयोजना गरिएको भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले बताएका छन् । वेसिक रुपमा तिन महिना कटाइे सिलाई तालिम सिकेको मान्छे र मनमा इच्छा शक्ति भई यो सिपलाई बजारीकरण गर्ने सक्छु भन्ने भावना भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा राखेर तालिममा सहभागी गराईएको देवकोटाको भनाई रहेको छ।

शनिबार सुरु भएको हुने झोलो बनाउने तालिममा निरन्तर रुपमा जिम्मेवार पुर्ण तरिकाले सहभागी भई तालिमलाई निरन्तरता दिन समेत सहभागीहरुलाई अध्यक्ष देवकोटाले आग्रह गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार