Saturday, July 13, 2024

कृष्णपुरमा युवा स्वरोजगारका लागी बैन्ड बाजा वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रविधि हस्तान्तरण तथा युवा स्वरोजगारका लागी बैन्ड बाजा वितरण गरेको छ । युवाहरूलाई स्वरोजगार बनाउन तथा प्रविधिको बढ्दो प्रयोग सँगै प्रविधि हस्तान्तरणका लागी नगरभित्र रहेका बैन्ड बाजा समुहलाई बैन्ड बाजा वितरण गरेको हो ।

बिहिबार नगर प्रमुख हेमराज ओझा र उप प्रमुख द्रोपती रानाले नगरभित्र रहेका विभिन्न तिन वटा बैन्ड समुहलाई बैन्ड बाजा वितरण गरेका हुन् । बिहेको सिजनमा बैन्ड बाजाको बढ्दो प्रयोगसँगै भारतमा गएर समेत बाजा गाँजा ल्याउनु पर्ने र महँगो शुल्क समेत तिर्नु पर्ने भएका कारण नगरभित्र रहेका विभिन्न तिन वटा बैण्ड समुहलाई बैन्ड बाजा वितरण गरेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताएका छन्।

साथै उनले नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत एक लाख पचास हजार बराबरका बाजा हस्तान्तरण गरिएको बताएका छन् । नगरपालिकाद्वारा बैण्डबाजा वितरण पछि स्थानीय युवाहरू हर्षित भएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार