कञ्चनपुरमा लागूऔषधसहित २ जना किशोर पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित २ जना किशोर पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट १ सय ५० मिलिग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

 

ताजा समाचार

सम्बन्धित समाचार