Saturday, July 27, 2024

माओवादीका पाँच जना सांसदले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा मन्त्रीको विषयलाई लिएर नकेपा माओवादी पार्टीभित्र विवाद सुरु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री बन्नेहरुबारे पार्टीभित्रै विवाद सुरु भएको हो ।

सदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

माओवादीबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको छ ।

माओवादीबाट सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् ।

सोमबार बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ । सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन् ।

ताजा समाचार

सम्बन्धित समाचार