Saturday, July 27, 2024

बैतडीका पत्रकार बिष्ट सहित चार जना युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

प्रकाशित:

महेन्द्रनगर । युवा पत्रकारिता पुरस्कारका लागि चार जना छनौट भएका छन् । आर्थिक वर्ष २०८०/०८१ का लागि युवा तथा खेलकुद मन्त्रालयद्वारा युवा पत्रकारिता पुरस्कारका लागि चार जनालाई छनौट गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । चालु आर्थिक वर्षको पुरस्कारका लागि ०७९ पुष २३ गते मन्त्रालयले सूचना प्रकाशन गरेको थियो ।

उक्त सूचना बमोजिम तोकिएको समय भित्र युवा पत्रकारिता पुरस्कारका लागि आवेदन दिने मध्ये चार जना छनौट भएका हुन् ।

छनौट हुनेहरुमा बैतडीका बिनोद सिंह बिष्ट, जुम्लाका सागर परियार, सर्लाहीकी रोजिना थापा कार्की र सुर्खेतका ललित बहादुर बुढालाई मन्त्रालयले युवा पत्रकारिता पुरस्कारका लागि छनौट गरेको हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार