Saturday, July 27, 2024

महेन्द्रनगरको शैलेश्वरी र बैजनाथ गेस्ट हाउसबाट यौनधन्दामा संलगन्न ४ जना महिला सहित होटेल मालिक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको शैलेश्वरी होटल र बैजनाथ गेस्ट हाउसमा यौनधन्दा हुने गरेको पाइएको छ। भीमदत्त नगरपालिका-४ बस पार्क नजिक शैलेश्वरी होटल र बैजनाथ गेस्ट हाउसमा धन्दा हुने गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त होटलमा वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्सपेक्टर यम मल्लको कमाण्डमा खटिएको टोलीले छापा हान्दा ४ महिला, एक पुरुष, होटेल मालिक र एक जना कामदार समातिएका छन ।

उक्त होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल साहु कञ्चनपुर भीमदत्त नगरपालिका ४ का अन्दाजी ४२ वर्षीय गोविन्द बिस्ट र ४ जना महिला, एक पुरुष र एक जना कामदार लाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार