Saturday, July 27, 2024

कैदिलाई मदिरा सेवन गराउने प्रहरी हवल्दार निलम्बन

प्रकाशित:

महेन्द्रनगर । कैदिलाई मदिरा सेवन गराउन होटेलमा लैजाने प्रहरी हवल्दार निलम्बनमा परेका छन् । कारगार कञ्चनपुरका हवल्दार रामसिंह धामीलाई निलम्बन गरिएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कारगारका कैदी र प्रहरी हवल्दार तथा कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ती प्रहरी हवल्दारले व्यवसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको बताए। घटनाको विषयमा विस्तृत छानबिनसमेत भइरहेको छ।

बिहीबार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा महेन्द्रनगर बजारमा फेला परेका थिए। उनीहरू होटलमा फेला परेका थिए। नाइकेसहित प्रहरी र कर्मचारी जेलबाहिर निस्केर मदिरा सेवन गरेको विषयमा अहिले अनुसन्धान भइरहेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार