Wednesday, July 24, 2024

आजदेखि एमाले कञ्चनपुरका पालिका अधिवेशन

प्रकाशित:

महेन्दरुनगर । आजदेखि एमाले कञ्चनपुरका पालिका सम्मेलन हुन लागेका छन । एमाले जिल्लाका ९वटै पालिकाहरुमा २५जेठदेखि ३२सम्म पालिका सम्मेलन गर्ने जनाएको छ ।

एमाले कञ्चनपुरका सचिवालय सदस्य राधाकृष्ण जोशी(ज्वाला)ले जिल्ला अधिवेशनपछि पाटीले पालिका अधिवेशन गर्न लागेको बताए । सचिवालय सदस्य जोशीका अनुसार २५ जेठमा दोधाराचाँदनी नगरपालिका र लालझाडी गाँउपालिका सम्मेलन हुदैछ ।

२६ जेठमा शुक्लाफाँटा र बेलौरी नगरपालिका, २८ जेठमा बेदकोट नगरपालिका र बेलडाँडी गाँउपालिका, ३० जेठमा कृष्णपुर नगरपालिका र मजदुर विशेष ईलाका र ३२ जेठमा भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिका हुनेछ ।

एमाले कञ्चनपुरका युवा नेता समेत रहेका सचिवालय सदस्य जोशीले पाटी विधान अनुरुप पालिका कमिटि ७५ सदस्यीय भएपनि पाटी कमिटि चुस्तदुरुस्थ बनाउन गाँउकमिटि ४१ र नगरकमिटि ५१सदस्यीय बनाईनेछन । एमाले कञ्चनपुरका सबै पालिकामा सहमतीय आधारमा नेतृत्व टुङगो लगाईनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार