Saturday, July 27, 2024

भीमदत्त – १७ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित:

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका –१७ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। भीमदत्त नगरपालिका –१७ वडा कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शिविरमा २५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा गल्ली नम्बर २ स्थित दीर्घायु क्लिनिक एण्ड मेडिकेयर सेन्टर महेन्द्रनगरको प्राविधिक सहयोग रहेको थियो।

सोमबार वडा कार्यालय परिसरमा भएको शिविरमा हाड, जोर्नी, बाथरोग, नसा र जर्नल फिजिसियन सेवा सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको भीमदत्त १७ वडा कार्यालयले जनाएको छ।

भीमदत्तमै पहिलोपटक भीमदत्त –११ ले सञ्चालन गरेको तिन महिने‘
अवैध सरचना खाली गराउदा विभेद नगर्न युवा विद्यार्थीको माग
शिविरमा वरिष्ठ हाड जोर्नी तथा बाथरोग विशेषज्ञ डा. अमृत घिमिरेले स्वास्थ्य जाँच गरेका थिए भने जर्नल फिजिसियन डा. स्मृति भट्टले सामान्य चेकजाँच गरेका थिए।

स्वास्थ्यमा समस्या देखिएकालाई चिकित्सकको सल्लाह बमोजिम निःशुल्क औषधी समेत वितरण गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार