Saturday, July 27, 2024

१८ बालबालिकालाई काठमाडौं लैजाँदै गरेका व्यक्ति प्रहरी नियन्त्रणमा

प्रकाशित:

वीरेन्द्रनगर — १८ जना बालबालिकालाई काठमाडौं लैजाँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाण्डौं लैजाँदै गर्दा सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बालबालिकाका आमाबुवाको सहमति र केही वडा कार्यालयको सिफारिसमा बालबालिकालाई काठमाडौं लैजाँदै गरेको भएपनि अन्य आवश्यक कागजपत्र नपुगेको कारण बालबालिकालाई लैजाँदै गरेका छिरिङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रविर विश्वकर्माले बताए ।

नियन्त्रणमा लिइएको छिरिङले बालबालिकालाई पढाउनको लागि बौद्धमा लैजान लागेको बताएका छन् । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । १८ जनामा १६ बालिका र २ बालक छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार