वेदकोटमा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम सुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम सुरु भएको छ। नगरपालिकाको आयोजनामा एक महिनासम्म चलेको तालिम शनिवार सुरू भएको हो।

काठमाडौं विश्वविद्यालयका एआई संकाय विभाग प्रमुख प्राध्यापक डाक्टर यज्ञराज पाण्डेयले नगरपालिकाले छनोट गरेका ३२ जना प्रशिक्षार्थीलाई एक महिने तालिम दिइनेछ। नगरपालिकाले आयोजना गरेको तालिमका लागि वेदकोट स्थायी बसोबास भएका सूचना प्रविधिमा स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीबाट आवेदन मागिएको थियो। ५५ जना आवेदक मध्ये तालिमका लागि ३२ जना छनोट गरिएको नगरपालिकाले जनाएको छ।

सूचना प्रविधि अध्ययन गरिरहेका युवाहरूमा प्रयोगात्मक सीप विकास गर्न नगरपालिकाले तालिम आयोजना गरेको तथा आगामी दिनमा यस्ता तालिमहरूलाई निरन्तरता दिइने नगरप्रमुख भोजराज बोहराले बताए। उनले विद्यार्थीमा बहुआयामिक सीपको विकास गर्न तालिम आयोजना गरेको बताए।

शनिवार भएको कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरिएको छ। तालिम अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख बोहरा, उपप्रमुख तुलसी जोशी र प्रशिक्षक पाण्डेय तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार