Wednesday, July 24, 2024

महेन्द्रनगरमा कपास उद्योगमा आगलागी, ६० लाख बढीको क्षति (भिडियो)

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–६ खैरेनी चोकमा रहेको एक कपास उद्योमा आगजनी भएको छ ।
बुधबार मध्यराती महेन्द्रनगरको खैरेनी चोकमा जगत सिंह सामन्तले सञ्चालन गरेको सिद्धनाथ कपास उद्योगमा विद्युत तार सट भई आगजनी भएको प्रहरी जनाएको छ ।

उक्त कपास उद्योगमा आगजनी हुँदा ६० लाख भन्दा बढीको क्षति भएको सञ्चालक सामन्तले बताए । उद्योगमा भएको कागजनीबाट सिरक, डस्ना, कम्मल र उक्त समान बनाउने मेसिन लगायतका सरसमाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

भिडियो साभारः खगेन्द्र पण्डितको फेसबुकवालबाट

ताजा समाचार

सम्बन्धित समाचार