Sunday, July 21, 2024

कैलाली प्रहरीका थुनुवाको सेती अस्पतालमा मृत्यु, बिहानै ढलेका थिए

प्रकाशित:

महेन्द्रनगर । कैलाली प्रहरीको हिरासतमा राखिएका एक युवकको मृत्यु भएको छ। आज आइतबार  बिहान थुनामा रहेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरी अचानक बेहोस भएर ढलेकोमा उपचारका लागि अस्पताल लगेपछि उनको मृत्यु भएको हो।

जिल्ली प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकेन्द्र कार्कीका अनुसार अस्ति जेठ ३ गते उनलाई भन्सार छलीका कपडासहित समातिएको थियो। त्यसपछि उनलाई ४ गते भन्सार बुझाइएकोमा थुनामा राखिएको थियो।

तर आज अचानक बिहान साढे ५ बजेको समयमा उनी। हिरासतमा बेहोस भएर ढलेका थिए। त्यसपछि उनलाई उपचारका सेती प्रादेशिक अस्पताल लगिएकोमा उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार