Saturday, July 13, 2024

शुक्लाफाँटामा २ ट्याक्टरसहित चालक प्रहरी नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर ।  कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटामा २ ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।शुक्लाफाँटा नगरपालिका–८ स्थित भगवती सामुदायिक वन र वैद्यनाथ सामुदायिक वनबाट ट्याक्टरले अवैध रुपमा ढुङ्गा निकाली रहेको अवस्थामा इलाका प्रहरी कार्यालय झलारीबाट खटीएको प्रहरी टोलीले बिहीवार साँझ नियन्त्रणमा लिएको हो।

अवैध रुपमा ढुङ्गा निकाली रहेका शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा बस्ने से १ त ७५०९ नम्बरको ट्याक्टर चालक ३२ वर्षीय अनिल सिंह ठगुन्ना र सुदूरपश्चिम प्रदेश ०१–००१ त १७०९ नम्बरको ट्याक्टर चालक सोही ठाँउका २६ वर्षीय बसन्त सिंह धामीसहित दुबै ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार