Tuesday, July 23, 2024

महाकाली प्रादेशिक अस्पतालको आयोजनामा स्वास्थ्य सिविर सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक विद्यालयमा नाक, कान, घाटी तथा दन्त रोग सम्बन्धी निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । विहिवार महाकाली प्रादेशिक अस्पतालको आयोजनामा दक्षिणी क्षेत्र लालझाडी ५ मा रहेको श्री राष्टिय आधारभुत बहुभाषिक विद्यालयमा शिविर संचालन भएको हो ।

उक्त विद्यालयमा अध्यनरत छात्रछात्रा १ सय ८६ छात्रछात्राहरुले सेवा लिएका छन् । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्टले अहिले अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तरगत सिविरको आयोजना गरिरहेको बताउनु भयो ।

दुर दराजमा रहेका स्वास्थ्यको पहुँच बाट टाढा रहेकाहरुलाइ लक्षित गरेर स्वास्थ्यमा सजिलै पहुँच दिनका लागी यो सिविरको आयोजना गरिएको बताउनु भयो । आफना विषेशज्ञ टिमको साथमा समुदायमा गएर विद्यार्थीहरुको स्वास्थ्य अवस्था बुझेर उहाँहरुलाई निशरल्क रुपमा औषधी पनि प्रदान गर्ने र जटिक किसिमको समस्या भएमा महाकाली अस्पतालमा आएर उपचार गर्न पनि आग्रह गर्ने गरिएको बताउनु भयो ।

कतिपयले आफनो रोगलाई पालेर बसेको अवस्थामा उहाँहरुको स्वास्थ्यको अवस्था बारे पनि जानकारी हुने र स्वस्थ्य वालवालिका भयो भने भोली देशका कर्णधारहरुले राम्रो काम गर्न सक्ने विश्वासका साथमा सिविरको अयोजना गरिएको बताउनु भयो ।

यस्तै बैशाख २७ गते दोधाराचादनी नगरपालिका ८ मा रहेको जनज्योती माध्यमिक विद्यालय मा पनि सिविर संचालन गरिएको थियो उक्त सिविरबाट ३ सय ८१ जना बालबालिकाको नाक, कान, घाटी तथा दन्त रोग सम्बन्धी निःशुल्क स्वास्थ्य चेकजाच तथा परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार