Saturday, July 27, 2024

नेविसंघ कञ्चनपुरद्वारा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा ज्ञापन पत्र बुझाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी मार्फत नेविसंघ कञ्चनपुरका अध्यक्ष रमेश चटौत लगायतका विद्यार्थी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र पठाएका हुन् ।

सहकारीबाट बचतकर्ताले भोग्नुपरेका समस्या र समग्र शैक्षिक अवस्थाको उन्नयनका लागि नेविसंघ कञ्चनपुरले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो ।

सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने नेवि संघ कञ्चनपुरको माग छ ।

त्यस्तै सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानूनको दायरामा ल्याउन तत्काल निष्पक्ष छानबिन समिति गठन गर्न माग गरिएको छ ।

विद्यार्थी केन्द्रीत आवश्यक परिमार्जन एवं संसोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागु गर्न समेत माग गरिएको छ ।

उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिबृद्धि गरि देशको शैक्षिक अर्थात प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरिय, मर्यादित र उपलब्धिमुलकका लागि सम्बन्धित निकायहरुलाई चुस्तराख्नका लागि नेविसंघ कञ्चनपुरले ससक्त माग सहित प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

May be an image of 11 people, temple and text

May be an image of 2 people and people studying

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार