कञ्चनपुरको बसपार्क पछाडीका अवैध संरचनामा चल्यो डोजर !

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान अन्र्तगत बुधबार महेन्द्रनगर बसपार्कको पश्चिम पट्टी रहेका सटरहरुमाथि डोजर चलाइएको छ ।

जिल्ला प्रकाशन कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाले भीमदत्त नगर विकासको सरकारी जमिन ओगटेर बसेका सबैलाई हटाउन लागेको हो । नगरविकासको जमिन अतिक्रमण गरेर पक्की तथा कच्ची जस्तो सुकै संरचना बनाएर बसेका सबैलाई हटाउन लागिएको हो ।

बुधबार महेन्द्रनगर बसपार्क पछाडी अवैध संरचनाहरुलाई हटाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

भिडियोः नवराज भट्टको फेसबुकबाट

ताजा समाचार

सम्बन्धित समाचार