महेन्द्रनगर बजारमै वर्षौंदेखि भ्वाङ परेका सडक, टाल्दैन सम्बन्धित निकाय

प्रकाशित:

महेन्द्रनगर । जिल्ला सदरमुकाम महेन्द्रनगरमा एडीबी परियोजनाले चिल्ला सडक निर्माण भएपनि बाँकी केहि सडकखण्ड झण्डै ४/५ वर्ष देखि गतिलो अभिवावक खोजिरहेका छन् ।

भीमदत्त नगरपालिका वडा नं. ४ मा एडिबीले निर्माण गर्न थालेको बाहेकका केहि सडकखण्डहरु पुरै भ्वाङ परेर मर्मत सम्भार खोजिरहेका छन् । यद्यपी वडामा ग्राभेलका लागि प्रत्येक वर्ष ठुलौ बजेट छुट्याइने गरेको भएपनि ती सडकहरुमा ग्राभेल समेत परेको पाइदैन् ।

भीमदत्त –४ महेन्द्रनगर कवर्डहल अगाडी पट्टीको खडक ठाउँ ठाउँमा भत्किएर जनताले निकै सास्ती खेप्नु परेको चार वर्ष हुन लाग्यो । तर पनि त्यसमा वडाध्यक्ष शुसिल कुमार भट्ट एवंका जनप्रतिनिधि र सम्बन्धित निकायको ध्यान समेत पुग्न समेको छैन् ।

उक्त सडक खण्डमा रहेका खाल्डा खुल्डीकै कारण हप्तैपिच्छे दुर्घटना समेत घट्ने गरेका छन् । त्यस्तै भीनपा–४ भगतपुरको शिव ज्ञानेश्वर स्कुल देखि चेतन होटल हुँदै महेन्द्रराजमार्ग जोड्ने सडकखण्ड पनि मर्मत खोजिरहेको छ ।

त्यस्तै कञ्चनपुर कारागार देखि जनज्योती क्याम्पस जोड्ने सडक खण्ड वर्षौं देखि मर्मत सम्भारका लागि गुहार मागिरहेको छ । यसरी महेन्द्रनगर बजारको भीमदत्त–४ मै दशक पहिले बनेका दर्जनौं पक्की सडकहरु मर्मत सम्भारको प्रतिक्षामा छन् ।

प्रत्येक वर्ष वडा कार्यालयले सडक मर्मतका लागि अर्थात सडक ग्राभेलका लागि लाखौं बजेट छुट्याउदै आएपनि गतिलो काम गर्न सकेको छैन् । वडाध्यक्ष एवं निर्वाचित जनप्रतिनिधिका आफन्त नातागोता र पावर पहुँचबालाहरुकै आसपासमा मात्रै वडाको बजेट जाने गरेको स्थानीयहरुको गुनासो छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार