Saturday, July 27, 2024

भीमदत्तमा निःशुल्क स्वास्थ्य शिविर सुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको छ । नगरपालिकाले वडा नम्बर ९ स्थित खल्लामा एक कार्यक्रमका विच नसर्ने रोग तथा दिर्घ रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको शुरुवात गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगन सिंह कार्कीको अध्यक्षता र नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा वडा नम्बर ९ खल्लामुसेट्टी बाट निशुल्क स्वास्थ्य शिविरको शुरुवात गरिएको नगर प्रवक्ता पदवराज अवस्थीले बताए ।

पछिल्लो समय सर्ने रोगका बारेमा प्राय सबै मान्छे सचेत हुदैँ गइरहेका छन् तर नसर्ने रोग सम्वन्धि मानिसहरुलाई जानकारी नहुदाँ ज्यान गुमाउनु परेको अवस्था रहेको कुरालाई मध्यनजर गर्दै नसर्ने रोग तथा दिर्घ रोग सम्बन्धि निशुल्क स्वास्थ्य जाँच शिविर संञ्चालन गरिएको नगरप्रमुख पदम बोगटीले बताए ।

उनकाअनुसार उक्त शिविर भीमदत्त नगरपालिकाका १९ वटै वडामा संञ्चालन गरिनेछ । यस्तै उनले उक्त शिविरका बारेमा सबैले एक आर्कालाई जानकारी गराइदिन र आफ्नो वडाको शिविरमा जाँच गर्न छुटेकाहरु अर्को वडाको शिविरमा गएर समेत जाँच गर्न सकिने बताए ।

उक्त स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप, अल्ट्रा साउण्ड लगाएतका अन्य ल्याव जाँच, विरामीहरुको अवस्था हेरेर निशुल्क औषधि वितरण र परामर्श दिने कार्य भइरहेको भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले बताए ।

उनका अनुसार महाकाली प्रादेशिक अस्पतालका डाक्टर, मन्त्र अस्पतालका डाक्टर र भीमदत्त नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेका छन् ।

आज (सोमवार) बाट शुरु भएको उक्त स्वास्थ्य शिविर बैशाख २५ गते भीमदत्त नगरपालिका वडा नम्बर १०, २६ गते वडा नम्बर ८, २७ गते वडा नम्बर ७, २८ गते वडा नम्बर ३, २९ गते वडा नम्बर ६, २९ गते वडा नम्बर १ मा संञ्चालन हुने बताइएको छ ।

उद्धघाटन कार्यक्रममा भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशिल कुमार भट्ट, भीमदत्त नगरपालिका–९ का वडासदस्यहरु, कर्मचारी लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

गाउँघर मै निशुल्क स्वास्थ्य शिविर संञ्चालन भएपछि स्थानियहरुले खुशी लागेको भन्दै नगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

ताजा समाचार

सम्बन्धित समाचार