कञ्चनपुरको एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा–७ जुडामा एक घरमा आगलागी हुँदा ठुलो क्षति भएको छ । आज दिउँसो २ बजेको शुक्लाफाँटा–७ जुडा स्थित जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

घरमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको र उक्त आगलागीबाट झण्डै २५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐरले बताए ।

आगलागीबाट घर, गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । ३ वटा बाख्रा जलेर मरेका छन् भने एउटा भैँसी जलेर घाइते भएको प्रहरीले जनाएको छ । पीडित परिवारका अनुसार घर भित्र राखिएको पाँच लाख नगद रुपैयाँ समेत जलेर नष्ट भएको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार