कञ्चनपुरमा दुई घरमा आगलागी हुँदा लाखौंको क्षती

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा फरक फरक ठाउँमा दुई घरमा आगलागी हुँदा दुई लाख बढीको क्षती भएको छ ।

जिल्लाको बेलडाँडी– २ ढकनिया बस्ने करन बिष्टको घर नजिक रहेको खेतको गहुँ नलमा लगाइएको आगोबाट गाई गोठमा आगलागी हुँदा गोठ भित्र रहेको भुसा, पराल, काठ लगायतका सामानहरु गरि झण्डै ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी जनाएको छ ।

प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको हुँदा मानबिय तथा चौपाया क्षती जनाइएको छ ।

त्यस्तै जिल्लाकै कृष्णपुर–१ जयशंकर सामुयिक बनमा लागेको आगोबाट सोही ठाउँ बस्ने रमेश बुढाको भुईतले काठ र जस्ता पाताले बनेको कच्ची गाई गोठमा आगलागी हुँदा गोठमा लगाएको काठ,जस्ता पाता, र गोठ भित्र रहेको पराल लगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

उक्त आगलागीबाट झण्डै डेढलाख बराबरको धनमाल जलेर नष्टको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षती नभएको र उक्त दुवै आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार