Saturday, July 27, 2024

भारतबाट फर्किका दुई जना धनगढीमा लुटिए

प्रकाशित:

महेन्द्रनगर । भारतबाट फर्किएका २ जना धनगढीमा लुटिएका छन्। बैतडीको सिगास गाउँपालिका–३ का खडकसिंह धामी र अमरसिंह धामी धनगढीमा लुटिएका हुन।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भारतको हरिणामा ६ महिना रोजगारी गरेर धनगढीसँग सीमाना जोडिएको गौरीफन्टा हुँदै नेपाल प्रवेश गरेका दुबै जना कैलाली भन्सार क्षेत्रमा लुटिएका छन्। बुधवार बिहान मोटरसाइकमा आएका २ जनाले सामान नै लगेर फरार छन्।

लुटेराको विषयमा अहिलेसम्म कुनै अत्तोपत्तो छैन। खडकसिंह धामीले भने, ‘गौरीफन्टामै अटोवाला गएका थिए। उहाँले एक कट्टा ल्याउनुभयो। हामीहरु अटोमा आयौ। २ जना बाइकमा आउनुभयो। सामान देखाउन भन्नुभयो। पुरानो सामानहरु केही गरेन। नयाँ समानहरु भन्सारमा लग्छु भनेर लग्नुभयो। हामीले प्रहरी सोचेका थियौ। अटोवालाले पत्रकार हो भन्यो। सामान लिने भए १० बजे भन्सार आउनु भन्नुभएको थियो। हामी भन्सार गयौ। तर, सामान भन्सारमा छैन।’

गौरीफन्टामा बिहान साढे ५ बजे पुगेका दुबै जना भन्सार क्षेत्रमा लुटिएका हुन्। धनगढी चौराहका लागि विद्युतीय रिक्सामा आएका दुबै जना लुटिएका छन्। अमरले भने, ‘सामानको विषयमा प्रश्न गर्नुभएको थियो। पसल हालेको छ भन्नुभयो। घरका लागि हो भनेका हौ। तर, उहाँहरुले भन्सारमा चेक हुन्छ भन्नुभयो। लगेर जानुभयो। भन्सारमा सामान छैन। १० बजे हामी गएका थियौ।’ कपडा, साबुन, लगायतका सामान लगेको हो। प्रहरीलेसमेत लुटेराका विषयमा कुनै जानकारी नपाएको धामीले बताए।

यसका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा निवेदन नै परेको छ। प्रहरीले सीसिभिटि फुटेजसहितको विवरण सङ्कलनको काम थालेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराले प्रहरी र पीडितहरुलाई भन्सार क्षेत्रमा पठाएको बताए। उनले भन्सारका कर्मचारी वा सरकारी अधिकारीहरुले सामान नलिएको बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार