Tuesday, May 14, 2024

कञ्चनपुरमा वैशाख १७ सम्म तालाबन्दी नखोले तोडेरै भएपनि विद्यालय सञ्चालन गर्ने प्याब्सन र एन प्याब्सनको वक्तव्य

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका संस्थागत विद्यालयहरुमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि संस्थागत विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनले ताला तोडेर भएपनि विद्यार्थीहरुको पठन पाठन नरोक्ने जनाउदै संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ ।

आइतबार अखिल क्रान्तिकारीले महेन्द्रनगरका पाँच ओटा प्रतिष्ठित संस्थागत विद्यालयहरुमा चर्को शुल्क असुल्ने गरेको, प्रत्येक वर्ष भर्ना शुल्क लिने गरेको जस्ता कुराहरु देखाउँदै तालाबन्दी गरेको थियो ।

अखिल क्रान्तिकारीका अध्यक्ष भुवन बिष्टका अनुसार जनज्योती मावि, सार्क एजुकेशन, आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी र ईन्टरनेशल स्कुलमा तालाबन्दी गरिएको हो ।

उक्त तालाबन्दीलाई लिएर संस्थागत विद्यालयहरुका छाता संगठन प्याब्सन र एन–प्याब्सन कञ्चनपुरले संयुक्त प्रेस विज्ञप्ति मार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै वैशाख १७ गते(सोमवार) सम्म तालाबन्दी नखोले वैशाख १८ गते विद्यालयहरुमा लगाएको ताला तोडेर भएपनि विद्यालय सञ्चालन गर्ने जनाएको छ ।

विद्यालयमा पठन पाठन एवं कक्षा सञ्चालन भइरहेको समयमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनले विद्यालय परिसरमा प्रवेश गरि विद्यालयमा त्रासको वातावरण समेत र्सिजना गरेको प्रति समेत उक्त विज्ञप्ति मार्फत घोर भत्सर्ना गरिएको छ ।

यो पनिः महेन्द्रनगरका पाँच बोडिङ्ग स्कुलमा तालाबन्दी

May be an image of ticket stub and text

 

ताजा समाचार

सम्बन्धित समाचार