Saturday, July 27, 2024

कञ्चनपुरमा जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि अरनिको क्लबलाई

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन रहेको जिल्ला लिग फुटबल प्रतियोगिताको च्याम्पियन अरनिको युवा क्लब बनेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखी सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता-२०८१ को फाइनलमा कञ्चन समाज लाई हराउँदै जिल्ला लिग च्याम्पियन बनेको हो।

फाइनलमा अरनिको युवा क्लबले ३-० गोलको अन्तरले कञ्चन समाज लाई हराउदै जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को उपाधि अरनिको युवा क्लबले जित्न सफल भएको छ।

खेलको पहिलो हाफमा अरनिको युवा क्लबका तर्फबाट २० औं मिनेटमा जर्सी नम्बर १२ का मदन बहादुर जिसिले गोल गर्दै टिमलाई १-० गोलको अग्रता दिलाएको थियो।

३६ औं मिनेटमा जर्सी नम्बर १६ का अनिल तामाङले दोस्रो गोल गरेका थिए। भने दोस्रो हाफको ४३ औं मिनेटमा जर्सी नम्बर १५ का उमेश लामाले आफ्नो टिमको लागि तेस्रो गोल गरेका थिए।

भने कञ्चन समाजले पाएको अवसर गुमाउदा प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद पुरस्कार ५१ हजार १ सय ११, मेडल ट्र्फी प्रमाणपत्र मेडल हात पारेको छ भने कञ्चन समाजले उपविजेतामा चित्त बुझाउदै नगद पुरस्कार रु.२५ हजार ५ सय ५५ रुपैया प्रमाणपत्र, मेड र ट्रफि पाएको छ। भने सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार