साथी बिच विवाद हुँदा साथीको गर्धनमा हँसिया प्रहार

प्रकाशित:

महेन्द्रनगर । दार्चुलामा आफ्नै साथीमाथि एक युवकले हँसिया प्रहार गरेका छन्
जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ बस्ने २० वर्षीय बिजय निरौलाले धारिलो हतियार हँसिया प्रहार गरेका हुन् ।

बिहिवार राती ९ बजेको समयमा खलंगास्थितको प्रेम सिंह शालिक नजिक दुबै साथी बीच एक आपसमा बिबाद हुँदा निरौलाले भण्डारीको गर्धनमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हँसिया प्रहारबाट भण्डारीको पछाडीको भाग गर्धनमा ठूलो घाउ परेको छ । भण्डारि खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन् । घटनापछि निरौला फरार रहेको तथा शुक्रवार बिहानै निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पश्चात थप उपचार र सिटि स्क्यानका लागि भारतीय अस्पताल पठाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार