कंचनपुरमा दाईको हत्या आरोपमा सहोदर भाई पक्राउ

प्रकाशित:

महेन्द्रनगर । प्रहरीले दाईको हत्या गरेको आरोपमा उनका सहोदर भाईलाई पक्राउ गरेका छन् । भीमदत्त नगरपालिका–१ बाराकुण्डा सृजना टोलका ३५ वर्षीय दिपक नेपालीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै दाइ नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए ।

उनलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार