महेन्द्रनगर । नमस्ते शुक्लाफाँटा यातायात प्रालीको अध्यक्षमा सुरेश खड्का चयन भएका छन् । शनिवार नमस्ते शुक्लाफाँटा यातायात प्रालीको पाँचौं अधिवेशनबाट खड्काको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो ।

यातायात प्रालीको चौथों कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका खड्का लाई पाँचौं अधिवेशनमा सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो ।

खड्कको नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कमल जोशी, प्रशासन उपाध्यक्षमा ज्ञानेन्द्र बिष्ट, उपकार उपाध्यक्षमा अशोक बैज, त्यस्तै महासचिवमा दिपेन्द्र देउवा, कोषाध्यक्षमा गणेश सिंह खत्री, सचिवमा गंगा दत्त अवस्थी र सदस्यहरुमा कृष्ण भाट, प्रेम साउँद र गणेश सिंह कार्की चयन भएको शुक्लाफाँटा यातायात प्रालीका कार्यालय प्रमुख दिलु प्रसाद बोहराले बताए ।

शुक्लाफाँटा यातायात प्रालीले गत साता देखि सोफा सिट, वास रुम, एसी जडित लागायतका अत्याधुनिक सेवा सुविधा सहितका ५ ओटा बस सञ्चालनमा ल्याएको छ ।
महेन्द्रनगर देखि काठमाडौंसम्मको यात्राका लागि प्रत्येक दिन १ बजे उक्त यातायातले सेवा प्रदान गर्दै आइरहेको कार्यालय प्रमुख बोहराले बताए ।