Saturday, July 27, 2024

कञ्चनपुरमा जिल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन एक बराबरी र एक टिमले विजयी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन रहेको जिल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन एक बराबरी र एक टिमले विजयी सुरुवात गरेको छ। आज बुधबारका दिन दुई खेल सम्पन्न भएका छ्न्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पहिलो खेल डिफेन्डिङ च्याम्पियन क्लब दिप ज्योति युवा क्लब र निङ्गलाशैनी विकास बिच बिहान ९ बजे भएको खेलमा दुबै टिमले १९१ गोलको बराबरी खेल्दै समान एकएक अंक बाडेका छन् । प्रतियोगिता तेस्रो दिन दोस्रो खेल सेक्युर्ड नेपाल र अरनिको युवा क्लब बिच अपरान्ह ४ बजे भएको थियो।

सो खेलमा सेक्युर्ड नेपालले ४९१ गोलको अन्तरले अरनिको क्लब लाई हराउदै विजय सुरुवात गरेको छ। सेक्युर्ड नेपालले पहिलो जित निकाल्दै ३ अंक जोडेको छ। प्रतियोगिता चौथो दिन भोलि तीन खेल हुने छन्। पहिलो खेल बिहान ९ बजे त्रीपुरा युवा समाज र महेन्द्रनगर युनाइटेड बिच प्रतिस्पर्धात्मक खेल हुने छ।

उक्त दिनको दोस्रो खेल बिहान ११ बजे कञ्चन समाज र रोयल गोर्खाज स्पोर्ट्स सर्कल बिच हुने छ। भने अन्तिम अर्थात चौथो दिनको अन्तिम तेस्रो खेल आदर्श नेपाल र राम युवा क्लब पुनर्वास बिच अपरान्ह ४ बजे कडा प्रतिस्पर्धात्मक खेल हुने प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार