कञ्चनपुरमा १५ वर्ष पछि चोर पक्राउ

प्रकाशित:

महेन्द्रनगर । १५ वर्ष देखि चोरी मुद्धामा फरार रहेका कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–६ ऐठपुरका ३० वर्षीय महेश चौधरी पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरको मिति २०६५ माघ २१ गतेको फैसलाले चोरी मुद्धामा १४ दिन कैद सजाय र ४१ हजार ७५ जरिवाना ठहर भई फरार रहेका चौधरीलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार