सार्वजनिक भयो नेपाली टोलीको टी-२० विश्वकप जर्सी

प्रकाशित:

काठमाडौँ । आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले सोमवार आयोजना गरेको कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङले जर्सी सार्वजनिक गरे।

नयाँ जर्सीको तल गैँडा र सगरमाथा छ। जर्सीको बीचमा नेपाल लेखिएको छ भने रङ्ग निलो, रातो, हल्का मधुरो कलेजी र सेतो रहेको छ। बायाँतर्फ क्यान र दायाँतर्फ आईसीसी टी–२० विश्वकपको लोगो रहेको छ।

दुवै बाहुलामा नेपालको झण्डा राखिएको छ। जर्सीको पछाडिको भागमा खेलाडीको नाम र नम्बर पनि रहनेछ। टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन्।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार