महेन्द्रनगरको खुला मञ्च पछाडी एक जनाको शव कुहिएको अवस्थामा फेला

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको खुला मञ्चको पछाडी एक जना पुरुषको शव फेला परेको छ ।

खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले शब्जीमण्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुख संग टासिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताए । उनका अनुसार शव कुहिएको अवस्थामा फेला परेको छ ।

अहिले सम्म शवको पहिचान हुन नसकेको उनले बताए । अन्दाजी २४/२५ वर्षिय युवक मृत भेटिएको जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार