बैतडी । अन्तरपालिका महिला कबड्डी प्रतियोगिताकाे उपाधि बैतडीको मेलाैली नगरपालिकाले जितेकाे छ। आज सम्पन्न फाइनल खेलमा रूपन्देहीको बुटवल उपमहानगरपालिकालाई १९-४१ काे सेटमा हराउदै मेलाैलीले उपाधि रक्षा गरेकाे हाे ।

उपाधिसंगै मेलाैलीले १ लाख ५० हजार पुरूस्कार पाएकाे मैलाैली नगरपालिकाका नगर खेलकुद संयाेजक सागर भण्डारीले जानकारी दिनुभयाे । उपविजेता बुटवलले १ लाखमा चित्त बुझायो ।

भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा देशका विभिन्न पालिकाहरूकाे सहभागीता रहेकाे छ। अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा आयाेजना भएकाे हाे । नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बैतडीको मेलौली नगरपालिका पनि सहभागि भएकाे थियाे।



