गोदावरीमा कार्यक्रममा सहभागि नै नभएकालाई भत्ता, उपमेयरले नै बुझिन रकम

प्रकाशित:

महेन्द्रनगर । कैलालालीको गोदावरी नगरपालिकामा कार्यक्रममै सहभागि नभएकालाई भत्ता वितरण गर्ने गरेको पाइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार नगर स्तरिय दादुरा–रुबेला खोप समन्वय समितिका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागि नै नभएकालाई भत्ता दिएको हो ।

बिहान साढे ७ बजे बोलाएको उक्त कार्यक्रम ८ बजे पछि मात्रै सुरु भएको थियो । तर, नगरकी उपमेयर शारदा रोकाया भने कार्यक्रम सुरु हुन अघि नै कार्यक्रमबाट भत्ता लिएर गइसकेकी थिइन् । उनीसंगै उनका स्वकिय सचिवले पनि भत्ता लिएका छन । जसमा कर काटेर ५९५ रुपैयाँ वितरण गरिएका थियो ।

उपमेयर कार्यक्रमको भत्ता मात्रै लिएर गएपछि वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम बसेको थियो ।

नगरपालिकाको हलमा संघसस्था र नगरपालिकाले आयोजना गरेका कार्यक्रममा सरोकार नै नभएका जनप्रतिनिधि कर्मचारी गएर भत्ता मात्रै बुझ्ने गरेको गुनासो आइरहेको बेला नगरको नेतृत्वमा रहेकी उपमेयरले नै भत्ता रकमको दुरुपयोग गरेकी छिन् ।

दादुरा–रुबेला खोप अभियान २०८०–०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा स्थानीय तह स्तरीय खोप समन्वय समितिमा मेयर संयोजक र उपमेयर सह–संयोजक रहने प्रावधान रहेको छ । कार्यक्रममा नगरप्रमुख अनुपस्थित रहेका थिए ।

उनको अनुपस्थितिमा उपमेयरले संयोजकको जिम्मेवारी लिनुपर्ने भएपनि उपमेयर भने कार्यक्रम सुरु हुनु अघि नै भत्ता मात्रै बुझेर अत्तरियाकै नमस्ते होटलमा आयोजना गरिएको तयार नेपालको कार्यक्रममा सहभागि हुन पुगेकी थिइन ।

सम्बन्धित समाचार स् गोदावरीमा खोप समन्वय समितिलाई अभिमुखीकरण गरियो

ताजा समाचार

सम्बन्धित समाचार