महेन्द्रनगर । कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी चक्रराज जोशीले लागुऔषध विरुद्ध निर्मम तरिकाले प्रस्तुत हुने बताएका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुखको रुपमा हाजिर भएका जोशीले बुधबार कञ्चनपुर जिल्लामा रहेका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै लागु औषध विरुद्ध निर्मम तरिकाले प्रस्तुत हुने बताएका हुन ।जोशीले पछिल्लो समय समाजमा लागु औषधले गहिरो जडा गाडिरहेकोले लागुऔषध कारोवारीहरुलाई कसैको दवाब,प्रभावमा नपरी कडा रुपमा कारवाहि गर्ने प्रतिवद्धता व्याक्त गरेका छन् ।
प्रमुख जोशीले लागु औषधले गर्दा विश्वमा २१ करोड ५० लाख मानिसहरु पिडामा रहेनुका साथै ३ करोड ६० लाख मानिसहरु प्रतक्ष रुपमा लागुऔषबाट पिडित रहेका र नेपालमा पनि २०६३/२०७९,२०७६ सालमा लागुऔषध प्रयोगकर्ताको शरवेक्षण भएको र सो शरवेक्षणको तथ्याङ्क अनुसार ६३ मा लागुऔषध प्रयोग कर्ताको सख्या ४५ हजार,,०७९मा ९२ हजार,०७६ मा १ लाख ३० हजार लागुऔषध प्रयोगकर्ताको सख्या रहेको शरवेक्षणले देखाएको जोशीले बताए ।
जिल्लाको हकमा हेर्ने हो भने लागुऔषध प्रयोगकर्ताको सख्या काठमाडौ पहिलो दोसा्रे सुदुरपश्चिमको धनगढि जिल्ला रहेको उनले बताए । भारतसंग खुल्ला सिमानाका कारण लागुऔषध सजिलै नेपाल भित्रिने गरेको हुदा लागुऔषध आपुर्ती नियन्त्रणका लागि प्रहरीले नेपालभर थुप्रै कार्यक्रम गर्दै आईरहेको जानकारी दिएका छन् ।जोशीले आफु प्रहरी नायव निरिक्षक भई कञ्चनपुरमा रहदा कञ्चनपुर वासिको साथ सपोर्ट,माया पाएको हुदा कञ्चनपुरलाई सुन्दर,शान्त कञ्चपुर बनाउन हामी सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।