Wednesday, July 24, 2024

कार्य सम्पादन मुल्यांकनमा भीमदत्त नगरपालिका प्रथम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४१.६५ अंक प्राप्त गर्दै प्रथम भएको छ । जिल्लामा कार्यसम्पादन मुल्यांकनमा भीमदत्त नगरपालिका सबैभन्दा बढी अंक प्राप्त गर्दै प्रथम भएको हो भने, ४०.१८ अंक प्राप्त गर्दैै शुक्लाफाँटा नगरपालिका दोस्रो भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा कम अंक पुनर्वास नगरपालिकाले प्राप्त गरेको छ । पुनर्वासले १७.५६ अंक मात्रै पाएको हो। कार्यसम्पादन मुल्यांकनमा बेदकोट नगरपालिकाले ३८.२८ अंक, कृष्णपुर नगरपालिकाले १८.९८ अंक, दोधाराचाँदनी नगरपालिकाले ३४.७१ अंक पाएको छ।

यसैगरी, बेलौरी नगरपालिकाले ३७.१५ अंक, लालझाडी गाउँपालिकाले २८.८३ अंक पाएको छ भने कार्यसम्पादन मुल्यांकनमा बेलडाँडी गाउँपालिकाले २४.३८ अंक प्राप्त गरेको छ। कार्यसम्पादन मुल्यांकनका लागि १७ वटा सुचक राखिएका थिए।

यी हुन् कार्यसम्पादन मुल्यांकनमा प्रयोग गरिएका सुचक

१.पालिकाहरुले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेश गरेरनगरेको
२.गाउँ कार्यपालिकारनगर कार्यपालिकाले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभावाट २०७९ असार मसान्तभित्र पारित गरेरनगरेको

३.स्थानीय तहले आर्थिक वर्ष २०७९र८० मा घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेरनगरेको।

४.स्थानीय तहले आ।व।२०८१र८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेको५–स्थानीय तहले आर्थिक वर्ष २०७९र८० को बजेट कार्यान्वयनको बार्षिक समिक्षा गरी त्यस सम्बन्धी विवरण २०७९ कार्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको

६. आर्थिक वर्ष २०७९र८० को राजश्व संकलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजश्व संकलन रकम, सुचक ६।३ आर्थिक वर्ष २०७८र७९ को यथार्थ राजश्व संकलन रकम ।

७.आर्थिक वर्ष २०७९र८० मा कुल विनियोजित रकम। कुल खर्च रकम । कुल पूँजिगत विनियोजित रकम र कुल पूँजिगत खर्च रकम ।
८.आर्थिक वर्ष २०७८र७९ को कुल लेखापरीक्षण भएको रकम । आर्थिक वर्ष २०७८र७९ मा कायम भएको बेरुजु रकम।

९.स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरेरनगरेको
१०. स्थानीय तहले आवधिक योजना तर्जुमा गरेरनगरेको ।

११.शैक्षिक शत्र २०८० मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समुहका जम्मा भर्ना भएको विद्यार्थी संख्या । शैक्षिक शत्र २०८० मा ५ देखि १२ बर्ष उमेर समुहका बालबालिकाको संख्या ।

१२.शैक्षिक शत्र २०७९ मा कक्षा ८ मा रहेका विद्यार्थी संख्या । शैक्षिक शत्र २०८० मा कक्षा ९ मा रहेका विद्यार्थी संख्या ।
१३. शैक्षिक शत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्या। शैक्षिक शत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा कम्तीमा ‘डी’ वा सो भन्दा उच्च ग्रेडसहित उतिर्ण विद्यार्थी संख्या ।

१४.आर्थिक वर्ष २०७९र८० मा अनुमानित गर्भवति महिलाको सख्या । ४ पटक गर्भ जाँच गर्ने महिलाको संख्या ।
१५. आर्थिक वर्ष २०७९र८० मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या ।

१६. आर्थिक वर्ष २०७९र८० मा २४ महिनासम्मका बालवालिकाको अनुमानित संख्या । पुर्ण खोप पाएका बालबालिकाको संख्या ।
१७. आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे÷नगरेको ।

 

ताजा समाचार

सम्बन्धित समाचार