Saturday, July 27, 2024

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

प्रकाशित:

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस। बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र मातृभाषी साहित्यकर्मीले कार्यक्रम गरी मनाउँदैछन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज सुनसरीको धरानमा राष्ट्रिय मातृभाषा कविता महोत्सव हुँदैछ। प्रतिष्ठानले विगतमा काठमाडौंमा गर्दै आएको महोत्सव यो पटक देशैभरका कविको उपस्थितिमा धरानमा गर्न लागेको हो।

महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाउने प्रतिष्ठानका परिषद सदस्य तथा आख्यानकार राजन मुकारुङले जानकारी दिए।

उनका अनुसार प्रतिष्ठानले बर्सेनी दिँदै आएको आएको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार यो वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिनेछ। पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

यस्तै प्रज्ञा प्रतिष्ठानकै र भाषा आयोगको संयुक्त आयोजनामा प्रतिष्ठान कमलादी हलमा अन्तरक्रियात्मक सङ्गोष्ठी हुने आयोगका कामु सचिव डा. लोकबहादुर लोप्चनले जानकारी दिए।

दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८० बाट जनकवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने कार्यक्रम छ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो। नेपालमा २०६६ देखि विशेषरूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार