महेन्द्रनगर । कञ्चनपुरमा मंगलवार एक किसानको उखुबारीमा आगलागी भएको छ। बेलौरी नगरपालिका ५ बन्त्तरियाका चन्द्रलाल चौधरीको २७ कट्टा जग्गामा रहेको उखुबारी आगलागी भएको हो।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
सोही ठाउँका रामजन रानाले आफ्नो उखुबारीमा लगाएको आगो अचानक सल्किन गई आगलागी भएको प्रहरीले जनाएको छ। उखुबारीमा भएको आगलागीबाट अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)