कञ्चनपुरमा फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान सुरु हुने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा यहि फागुन १३ देखि २१ गते सम्म दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै आइतबार देखि (यहि फागुन तेस्रो साता) दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने बताएको हो ।

जिल्लाका प्रत्येक पालिकाका वडाहरुमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ । जसमा ५५३ ओटा बुथ केन्द्र रहने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले बताए । उनका अनुसार ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप दिइने छ ।

कञ्चनपुरमा एक लाख ३८ हजार एक सय १२ जनालाई लक्षीत गरेर उक्त खोप अभियान सञ्चालन गर्न लागिएको हो । अघिल्लो वर्ष कञ्चनपुरमा ३८ जना बालबालिकाहरु दादुरा प्रभावित देखिएका थिए । प्रभावित हुनेमध्ये सबै बालबालिका कृष्णपुर नगरपालिका अन्र्तगतका रहेको मलेरिया ईन्सपेक्टर निरीक्षक सिद्धराज भट्टले बताए ।

अघिल्लो वर्षको तथ्याङ्क अनुसार बाकेमा सबै भन्दा बढी ३२९ जना बालबालिकामा दादुरा–रुबेलाको प्रकोप देखिएको थियो । फागुन तेस्रो साताको आइतबार देखि दादुरा–रुबेला खोप अभियान २०८०÷०८१ सुरु हुदैछ । ५१ ओटा हिमाली र पहाडी सहित २४ ओटा तराईका जिल्लाहरुमा दादुरा–रुबेला बिरुद्धकोखोप अभियान सुरु हुन लागेको हो । तराईका जिल्लाहरुमा ९ महिना देखि १५ वर्ष र हिमाली तथा पहाडी जिल्लाका ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई यो खोप लगाइनेछ ।

कञ्चनपुरको हकमा इट्टा भट्टामा काम गर्ने, विभिन्न सिविरहरुमा बस्ने तथा केहि महिना नेपाल र केहि महिना भारत काम गरि जिविको पार्जन गर्ने परिवारका बालबालिकाहरुमा बढी जस्तो दादुरा–रुबेला देखिने गरेको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन जनक बहादुर कुवँरले बताए ।

दादुरा–रुबेला खोप पश्चात उत्पन्न हुने प्रभावका लागि महाकाली प्रदेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट अर्जुन भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति समेत बनाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार