महेन्द्रनगर । कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका वडा नम्बर १६ का दशरथ धानुकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई सोमवार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।