आजदेखि कृष्णपुरमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुँदै

प्रकाशित:

महेन्द्रनगर । आजदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुन लागेको छ । कृष्णपुर नगरपालिका ४ कृष्ण माध्यामिक विद्यालयको प्राङगणमा १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने छ । कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजना एव कृष्णपुर नगरपालिकाको सह आयोजनामा यस बर्ष कृष्णपुर नगरपालिकामा हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताए । उपाध्यक्ष गिरीका अनुसार मञ्च व्यवस्थापन, फिल्डदेखि प्रतियोगिताका सबै तयारी पुरा भईसकेका छन । यस अघि बेलौरीमा गरिएको जिल्ला स्तरिय प्रतियोगिता यस पटक कृष्णपुरमा गरिन लागिएको छ । विगतमा जिल्ला सदरमुकामा हुने जिल्ला स्तरिय प्रतियोगिताहरु पालिका केन्द्रीत भएका छन ।

भलिबल, कबडी, तेक्वान्दो, कराँते, उसु सहित एथलेटिक तर्फका प्रतियोगिताहरु हुनेछन । ‘ग्रामिण क्षेत्रमा समेत खेलकुदका गतिबिधी बृद्धि गर्नकालागि हामीले हरेक बर्ष पालिकामा जिल्ला स्तरिय प्रतियोगिता संचालन गर्दैैछौँ, ‘उनले भने, ‘यस बर्ष कृष्णपुरमा गर्दैछौँ, अर्को बर्षपनि यस्तै गरी कुनै न कुनै पालिकामा छौँ ।’ प्रतियोगितामा जिल्लाभरीका ९ वटै पालिका टिमका खेलाडी, प्रशिक्षक सहितका आयोजक गरेर हजारकै संख्यामा हुनेछ । तीनदिन सम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले गर्ने कार्यक्रम रहेको छ ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले बिहान ८ बजेदेखि खेल खेलाउने बताए । दिउँसो मात्रै औपचारिक उद्घाटन हुनेछ । अध्यक्ष खडकाकै गृह नगर समेत भएकाले उनले प्रतियोगिता गराउन उत्साहित भएको बताए । अध्यक्ष खडकाले सबै सरोकारवाला निकायबाट सहयोगको अपेक्षा गरेका छन । उनले यस अघि सबै नगर स्तरमा सम्पन्न भएका प्रतियोगिता अब जिल्ला स्तरमा हुने बताए । यस पटक जिल्ला स्तरिय प्रतियोगिता कृष्णपुर नगरपालिकामै हुन थालेपछि स्थानीय सरकार सहित खेलाडी, खेलप्रेमी स्थानीय उत्साहित भएका छन । कृष्णपुर नगरका प्रवक्ता मोहन बस्नेतले पहिलो पटक पालिकामा हुन लागेको प्रतियोगिताको स्थानीय सरकारको समेत सहयोग गर्ने बताए ।

प्रवक्ता बस्नेतले नगरको खेलकुद बृद्धि विकासका लागि समेत जिल्ला स्तरिय प्रतियोगिताले भूमिका निर्वाह गर्ने बताए । जिल्लाका ९वटै पालिकाबाट सहभागिता हुने भएकाले आन्तरिक पर्यापर्यटनमा समेत टेवा पुग्ने उनको भनाई छ । प्रतियोगिता संचालन हुने वडा कृष्णपुर नगरपालिका ४का वडाध्य धर्म बहादुर सिहले पहिलो पटक आफ्नो वडा तथा पालिकामा हुन लागेको ऐतिहासिक जिल्ला स्तरिय प्रतियोगितामा सहमभागि सबैलाई स्वागत गरेका छन ।

वडाध्यक्ष सिहले यसरी जिल्लामा मात्रै सीमित हुन्े जिल्ला स्तरिय प्रतियोगिताले ग्रामिण क्षेत्रका खेलाडीका उत्साह जगाउने बताए । केही दिन खेल मैदान क्षेत्रको कृष्णपुर नगरका मेयर हेमराज अ‍ोझा, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहितले स्थलगत अनुगमन समेत गरेका छन ।

 

ताजा समाचार

सम्बन्धित समाचार